केनको ह्याट्रिकमा बायर्नको सजिलो जित

यो जितपछि बायर्नको चार खेलबाट १२ अंक भएको छ ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Easy Bayern win thanks to Kane's hat-trick

काठमाडौँ — लयमा रहेका ह्यारी केनले यो सिजनको दोस्रो ह्याट्रिक रचेपछि बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा होफनहाइनलाई सजिलै ४–१ ले हराएको छ ।

इंग्लिस कप्तान केनले ४४, ४८ र ७७ औं मिनेटमा गोल गरे । त्यसमध्ये अन्तिम दुई गोल पेनाल्टीमा सम्भव भएको थियो । उनले यो सिजन १३ गोल गरिसकेका छन् ।

यो जितपछि बायर्नको चार खेलबाट १२ अंक भएको छ । अर्को खेलमा ह्याम्बर्गले हेडेनहेमलाई २–१ ले हरायो र यो माथिल्लो डिभिजनमा उसको सात वर्षयताको पहिलो जित रह्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully