नेपाल तेक्वान्दो संघसँग आवद्ध रहेर विदेशी भूमिमा नेपाली राष्ट्रिय निर्णायकको रूपमा कार्य गर्दै आएका अधिकारीले अमेरिकाको सिकागोमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर सेमिनारमा उत्कृष्ट प्रदर्शन गरेर ‘आउट स्ट्यान्डिङ पर्फमेन्स अवार्ड’ पाएका थिए ।
काठमाडौँ — गोठाटार तेक्वान्दो डोजाङले तेक्वान्दो मास्टर जगन अधिकारीलाई शनिबार सम्मान गरेको छ । यूएईलाई कर्मभूमि बनाई तेक्वान्दोको विकास र विस्तारमा योगदान गर्दै आएकाले अधिकारीलाई सम्मान गरिएको हो ।
नेपाल तेक्वान्दो संघसँग आवद्ध रहेर विदेशी भूमिमा नेपाली राष्ट्रिय निर्णायकको रूपमा कार्य गर्दै आएका अधिकारीले अमेरिकाको सिकागोमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर सेमिनारमा उत्कृष्ट प्रदर्शन गरेर ‘आउट स्ट्यान्डिङ पर्फमेन्स अवार्ड’ पाएका थिए ।
गोठाटा डोजाङका संस्थापक प्रेम भण्डारी र डोजाङका सल्लाहकार एवं नेपाल तेक्वान्दो संघका सदस्य हेमन्त डाँगी अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए ।