मलेसियामा हुने सुपर वुमेन्स सिरिजका लागि नेपाली टोली घोषणा

यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ ।

आश्विन ४, २०८२

कान्तिपुर संवाददाता

Nepali team announced for the Super Women's Series in Malaysia

काठमाडौँ — मलेसियन सुपर वुमेन्स शृंखला र मलेसियाविरुद्धको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ । 

नेपाली टोलीले त्यहाँ पाँच फरक–फरक टोलीसँग प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । क्यानका अनुसार महिला टोलीले उक्त सिरिजपछि मलेसियाको राष्ट्रिय क्रिकेट टोलीसँग ट्वान्टी–ट्वान्टी खेलहरु पनि खेल्नेछ । उक्त खेलहरु अक्टुबर २ देखि ८ सम्म हुनेछन् । 

१४ सदस्यीय टोलीको कप्तानी वर्माले गर्नेछिन् भने उपकप्तान पूजा महतो छिन् । 

यस्तो छ नेपाली टिम

इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा विष्ट, सावित्रि धामी र कविता कुँवर

कान्तिपुर संवाददाता

Link copied successfully