इन्ज्युरी टाइममा जित्ने बानी हटाउँदै लिभरपुल

युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको म्याड्रिडमाथि प्राप्त पछिल्लो जित पनि इन्ज्युरी समयमा प्राप्त भएको थियो ।

आश्विन ४, २०८२

एएफपी

Liverpool breaking the habit of winning in injury time

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार एभरटनको सामना गर्दा एउटै लक्ष्य बोक्ने छ, अन्त्यतिर जित्ने बानी टुटाउने । अर्कोतर्फ आर्सनल भने म्यानचेस्टर सिटीसँग भिड्ने छ ।

टोलीको लक्ष्य छ, आफूलाई उपाधिको बलियो प्रत्याशी बनाउने । यो सप्ताहन्तको अर्को प्रमुख खेलमा समस्यामा रहेको म्यानचेस्टर युनाइटेडले चेल्सीको आतिथ्यता गर्नेछ । 

युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको म्याड्रिडमाथि प्राप्त पछिल्लो जित पनि इन्ज्युरी समयमा प्राप्त भएको थियो । भर्जिल भान डाइकले हेडबाट गोल गरेपछि लिभरपुल विजयी रहेको थियो । त्यसैले एन्डी रोबर्टसन चाहन्छन्, यसपल्ट जित अलिकति भए पनि सामान्य होस् । लिभरपुलले लिगमा पाएको चारै जित पनि निर्णायक गोल खेलको अन्त्यतिर मात्र मिलेको थियो । 

लेफ्ट ब्याक रोबर्टसनले मर्सीसाइड डर्बी अगाडि भने, ‘हामी चाहन्छौं, हामीले हात पार्ने जित अबदेखि सजिलो होस् । खेलको अन्त्यतिर प्राप्त हुने जितले सबै तनावमा हुने गर्छन् ।’ 

एभरटन आफै पनि लयमा छ । त्यसैले लिभरपुलका लागि यसपल्ट छिमेकी क्लब बलियो प्रतिद्वन्द्वी हुनेछ । टोलीले यो सिजन डेविड मोयसको नेतृत्वमा बलियो सुरुआत लिएको छ । त्यसैले टोली उत्साहित पनि छ । 

तर एभरटन आफ्नै लागि एनफिल्डमा जित्न सजिलो हुने छैन, किनभने इतिहास उसको पक्षमा हुने छैन । लिभरपुलको घरमा भएका पछिल्ला २८ खेलमध्ये एरभटनले एकै अवसरमा मात्र जित निकालेको छ । लिभरपुलविरुद्धकै पछिल्लो खेल अगाडि आर्सनलले गत महिना नारा दिएको थियो, ‘प्रमाणित गर्ने छौं ।’ तर नाराअनुसार आर्सनलले काम भने गर्न सकेन । 

त्यस खेलमा आर्सनल १–० ले पराजित रहेको थियो । अब फेरि एकपल्ट उसलाई त्यही नारा प्रमाणित गर्ने दबाब हुनेछ । पछिल्ला तीन सिजन आर्सनल लगातार दोस्रो स्थानमा रहेको छ । त्यसमध्ये दुई अवसरमा आर्सनल सिटीकै ठ्याक्कै पछाडि रहेको थियो । आर्सनलले ८ वर्षयता घरमा होस् वा बाहिर सिटीलाई हराउन सकेको छैन । तर अहिले इमिरेट्समा हुने खेलमा लिगको लगातार तेस्रो जित हात पार्ने योजनामा हुनेछ । 

सिटी आफैंले पनि सन् २०२३ यता आर्सनललाई हराउन सकेको छैन । यसपल्ट उत्तरी लन्डनमा जित निकाल्न सके त्यो प्रशिक्षक पेप ग्वार्डिओलाका लागि ठूलो उपलब्धि हुनेछ । गत सिजन निराशाजनक रूपमा तेस्रो स्थानमा झरेको सिटी यसपल्ट टिम पुनर्निर्माणको क्रममा छ । सिटीको छिमेकी युनाइटेडले चेल्सीको सामना गर्दा भने एउटै मात्र प्रश्न रहनेछ, प्रशिक्षक रुबेन एमोरिमले कहिलेसम्म मौका पाउने छन् ? 

एमोरिम आएयता युनाइटेडको प्रदर्शन निरन्तर खराब छ । त्यतिमात्र होइन, यसबीच युनाइटेडले जत्तिको खराब प्रदर्शन यो अवधिमा अरू कसैले गरेको छैन । युनाइटेडले उनको नेतृत्वमा ३१ खेलमा ३१ अंकमात्र बटुलेको थियो । पछिल्लो साता सिटीसँग 

पराजित युनाइटेड चेल्सीविरुद्धको खेलमा पनि हार्छ भने रेलिगेसन क्षेत्रमा झर्नेछ । त्यसैले धेरैको अनुमान छ, ढिलोचाँडो एमोरिम बर्खास्तगीमा पर्नेछन् ।

एएफपी

Link copied successfully