टिपटो स्पोर्ट्स हब उद्घाटन गर्न काठमाडौंमा

शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताडालाई टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवार न्यौपानले र अबध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए ।

आश्विन ४, २०८२

कान्तिपुर संवाददाता

in Kathmandu to inaugurate Tiptoe Sports Hub

काठमाडौँ —  जापानका पूर्व फुटबल खेलाडी ताडा टिपटो स्पोर्ट्स हबको उद्घाटनका लागि नेपालमा आएका छन् । हबको उद्घाटन सोमबार (घटस्थापना) का दिन हुनेछ ।

शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताडालाई टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवार न्यौपानले र अबध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए । 

त्यसै अवसरमा ताडाले टिपटो स्पोर्टस एकेडेमीसँगको सहकार्यका लागि सम्झौता गर्नेछन् । ताडाले हाल थाइल्यान्डमा सिली स्पोर्टस क्लब सञ्चालन गरिरहेका छन् । गोलकिपर ताडाले जापानको यू-१५ देखि २३ सम्मको राष्ट्रिय टिमकाे प्रतिनिधत्व गरेका छन् । यसैगरी उनले जापानी टाेलीबाट ओलम्पिकमा पनि सहभागीता जनाइसकेका छन् ।

उनले नेपाल बसाइको क्रममा टिपटो स्पोर्टस एकेडेमी हब अवलोकन गर्ने, प्रशिक्षण सत्र हेर्ने र खेलाडी तथा प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully