चन्दननाथ र सरस्वती च्याम्पियन

बालबालिकामा फुटबलप्रतिको आकर्षण देखिएको भन्दै सरोकारवाला सबै चिन्तित बनेर लाग्नुपर्नेमा जोड दिइएको थियो ।

आश्विन ४, २०८२

कान्तिपुर संवाददाता

जुम्ला — विद्यालयस्तरीय यू–१४ फुटबल प्रतियोगितामा चन्दननाथ मावि खलंगा र सरस्वती मावि रीनीले उपाधि जितेका छन् । छात्रतर्फ चन्दननाथ र छात्रातर्फ सरस्वती च्याम्पियन भए । 

छात्रतर्फ चन्दननाथले जेआर कर्णाली बोर्डिङलाई ३–० ले हरायो । सरस्वतीले जेआर कर्णालीमाथि जित पाएको थियो । आयोजक जिल्ला फुटबल संघ जुम्लाले छात्रतर्फ १६ र छात्रातर्फ १० टिमले भाग लिएका थिए । 

विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पुरस्कृत गरे । बालबालिकामा फुटबलप्रतिको आकर्षण देखिएको भन्दै सरोकारवाला सबै चिन्तित बनेर लाग्नुपर्नेमा जोड दिइएको थियो । 

जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरतबहादुर बुढथापाले प्रतियोगिता विवादरहित शान्तिपूर्ण सकिएको छ । अध्यक्ष थापाले भने, ‘अब विद्यालयस्तरमै फुटबल पुगिसकेको छ । विद्यालयमै रेफ्री उत्पादन गर्ने र गाउँबस्तीबाटै फुटबल खेलाडी जन्माउने लक्ष्य छ । त्यसका लागि फुटबल प्रशिक्षण र सामग्री आवश्यक छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully