साफ क्लब वुमेन्स च्याम्पियनसिपमा पाँच क्लब

दक्षिण एसियाली फुटबल महासंघले शुक्रबार जनाएअनुसार सहभागी हुने क्लबमा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी छन् ।

आश्विन ३, २०८२

कान्तिपुर संवाददाता

Five clubs in the SAFF Club Women's Championship

काठमाडौँ — नेपालमा हुने पहिलो संस्करणको साफ क्लब वुमेन्स च्याम्पियनसिपमा पाँच क्लब सहभागी हुने भएका छन् । प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म हुनेछ ।

दक्षिण एसियाली फुटबल महासंघले शुक्रबार जनाएअनुसार सहभागी हुने क्लबमा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी छन् ।

महासंघले दक्षिण एसियामा महिला फुटबलको क्लब प्रतियोगिता गर्न लागेको यो नै पहिलो पटक हो र यसलाई ऐतिहासिक भएको पनि जनाएको छ ।

कान्तिपुर

Link copied successfully