भान डाइकको गोलमा लिभरपुलको जित

पाफोसले ओलम्पियाकोजलाई गोलरहित बराबरीमा रोक्यो । यस्तै बोडो/ग्लिम्टले स्लाभिया प्रागसँग २–२ को बराबरी खेलेको हो ।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Van Dijk's goal wins for Liverpool

काठमाडौँ — भर्जिल भान डाइकले नाटकीय रूपमा खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले लिभरपुलले युरोपेली च्याम्पियनस लिगमा बुधबार एटलेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ । 

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि एटलान्टामाथि ४–० को शानदार जित रच्दै उपाधि रक्षा अभियान सुरु गरेको छ ।

यस्तै ह्यारी केनको दुई गोलको मदतले बायर्न म्युनिकले क्लब वर्ल्डकप विजेता चेल्सीलाई ३–१ ले हराएको छ । पाफोस र बोडो/ग्लिम्टले च्याम्पियन्स लिगमा डेब्यु गर्ने क्रममा बहादुरीपूर्ण बराबरी खेलेका छन् ।

पाफोसले ओलम्पियाकोजलाई गोलरहित बराबरीमा रोक्यो । यस्तै बोडो/ग्लिम्टले स्लाभिया प्रागसँग २–२ को बराबरी खेलेको हो ।

एनफिल्डमा लिभरपुलका लागि कीर्तिमान रकममा आएका एलेक्जान्डर इसाकले डेब्यु गरे । घरेलु टिमले एन्डी रोबर्टस र मोहमद सलाहले गोलले सुरुआती छ मिनेटै दुई गोलको अग्रता लिएको थियो । त्यसपछि कार्सोस लारेन्टले एटलेटिकोका लागि दुई गोल फर्काए ।

यस्तोमा डोमिनिक सबोसलाईको कर्नरमा कप्तान भान डाइकले हेडबाट निर्णायक गोल गरे । लिभरपुल यसपल्ट आफ्ना सुरुआती पाँचै खेलमा विजयी रहेको छ र त्यसमध्ये सबैमा अन्तिम दस मिनेटमा निर्णायक गोल भएका छन् । अर्को एक खेलमा इन्टर मिलानले आयाक्सलाई २–० ले हरायो । 

कान्तिपुर

Link copied successfully