बंगलादेशसँग हारेपछि नेपाललाई गाह्रो

अब नेपालको काम यसै समूहमा बंगलादेश र आयोजक श्रीलंकाबीचको नतिजा कुर्ने हुनेछ । समूहको अन्तिम लिग खेल आइतबार हुनेछ । बंगलोदश र नेपाल दुवैको समान ३ अंक छ । बंगलादेश गोल अन्तरले अगाडि छ ।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Difficult for Nepal after losing to Bangladesh

काठमाडौँ — नेपाल यू–१७ साफ च्याम्पियनसिपमा बिहीबार बंगलादेशसँग ४–० ले पराजित भएको छ । कोलम्बोमा भएको समूह ‘ए’को खेलमा बेहोरेको यो हारले नेपालको सेमिफाइनल पुग्ने समीकरण गाह्रो हुने डर भएको छ ।  

अब नेपालको काम यसै समूहमा बंगलादेश र आयोजक श्रीलंकाबीचको नतिजा कुर्ने हुनेछ । समूहको अन्तिम लिग खेल आइतबार हुनेछ । बंगलोदश र नेपाल दुवैको समान ३ अंक छ । बंगलादेश गोल अन्तरले अगाडि छ ।

श्रीलंका भने शून्य अंकमा छ । नेपालले आफ्ना दुवै खेल खेलिसकेको छ । समूहको लिग चरणको दोस्रो खेलमा बंगलादेशले मोहम्मद सबिर इस्लामको गोलले अग्रता लिएको थियो ।

उनले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोलको खाता खोलेका हुन् । ओप रहमानले ४९ औं मिनेटमा दोस्रो गोल थपे । लगत्तै ५० औं मिनेटमा बंगलादेशले तेस्रो गोल पनि गरेको थियो र यो मोहम्मद आरिफको नाममा रह्यो । यस्तै मोहम्मद मानिकले ६६ औं मिनेटमा चौथो गोल गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully