रियल र आर्सनलको विजयी सुरुआत

आर्सनलले एथलेटिको बिलबाओको घरमा २–० को जित निकाल्यो भने केयलिन एमबापेको पेनाल्टीबाट दुई गोलको मदतले रियलले मार्सेमाथि २–१ को साँघुरो जित हात पार्‍यो ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Winning starts for Real and Arsenal

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन मंगलबार रातिदेखि सुरु भएको छ र पहिलो दिन रियल म्याड्रिड तथा आर्सनलले विजयी सुरुआत लिएका छन् ।

आर्सनलले एथलेटिको बिलबाओको घरमा २–० को जित निकाल्यो भने केयलिन एमबापेको पेनाल्टीबाट दुई गोलको मदतले रियलले मार्सेमाथि २–१ को साँघुरो जित हात पार्‍यो ।

युभेन्ट्स र बोरुसिया डर्टमुन्डले भने आठ गोलको रोमाञ्चक ४–४ बराबरी खेले । यस्तै टोटनहमले पनि जित आत्मसात् गरेको पहिलो दिन युनियन सेन्ट–गिलोस र कोराबागले पनि ऐतिहासिक जित दर्ता गरेका छन् ।

गिलोसले पीएसभी आयनहोभनलाई ३–१ ले पराजित गर्‍यो भने कोराबागले बेनफिकालाई ३–२ ले निराश पार्‍यो । टोटनहमले भने भिल्लारियलमाथि १–० को जित प्राप्त गरेको हो । बर्नाबाउमा बलियो रियलले एक गोलले पछाडि रहेको स्थितिमा जितेको हो ।

कान्तिपुर

Link copied successfully