फर्साटिकर फाइनलमा प्रवेश

रुपन्देहीमा जारी २३ औं लिस्नु कपको बुधबार भएको दोस्रो सेमीफाइनलमा फर्साटिकरका लागि निरज चौधरीले २ गोलको योगदान गरे भने निराजन धामी र विशाल नेपालीले १-१ गोल गरे ।

आश्विन १, २०८२

सन्जु पौडेल

Entry into the Farsatiker Finals

तिलोत्तमा — अभिषेक चर्च रजहरलाई ४-१ गोलले हराउँदै फर्साटिकर युवा क्लब रुपन्देहीमा जारी २३ औं लिस्नु कपको फाइनलमा पुगेको छ ।

बुधबार भएको दोस्रो सेमीफाइनलमा फर्साटिकरका लागि निरज चौधरीले २ गोलको योगदान गरे भने निराजन धामी र विशाल नेपालीले १-१ गोल गरे ।

जवाफी गोल फर्काउन अभिषेक चर्चका एरोन थापाले १ गोल गरे । अन्य खेलाडीले गोल गर्न नसक्दा चर्चले हार बेहोर्‍यो ।

खेलमा फर्साटिकरका नरेन्द्र चौधरी 'म्यान अफ द म्याच' बने । खेल संयाेजक सुदीन भणडारीका अनुसार असोज ३ गते फर्साटिकर युवा क्लब र एवाइसी अञ्चलपुरबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

खेलमा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । खेलमा विभिन्न विधामासमेत पुरस्कारको व्यवस्था गरिएको छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully