पीएसजीलाई सफलता

यो जितपछि डिफेन्डिङ च्याम्पियनको लगातार ४ जितबाट १२ अंक भएको छ । टोली फेरि तालिकाको शीर्षस्थानमा उक्लेको छ । 

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

Success to PSG

काठमाडौँ — ब्राडली बारकोलाले गरेको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा आइतबार लेन्सलाई २–० ले हराएको छ । यो जितपछि डिफेन्डिङ च्याम्पियनको लगातार ४ जितबाट १२ अंक भएको छ । टोली फेरि तालिकाको शीर्षस्थानमा उक्लेको छ । 

पीएसजीको पछाडि लिले रहेको छ । टोलीको ४ खेलबाट १० अंक छ । लिलेले भने अर्को खेलमा टुलोजलाई २–१ ले हरायो ।

१८ वर्षे एथान एमबाप्पेले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा निर्णायक गोल गरे । उनी केलियन एमबाप्पेका भाइ हुन् । 

कान्तिपुर

Link copied successfully