खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला किकेले निर्णायक गोल गरेका हुन् ।
काठमाडौँ — इस्पान्योलले स्पेनी ला लिगामा सोमबार रियल मार्लोकालाई ३–२ ले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । दस खेलाडीमा सीमित इस्पान्योलका लागि केकेले पेनाल्टीबाट ८१ औं मिनेटमा निर्णायक गोल गरे ।
त्यसअगाडि इस्पान्योलले पेरे मिला र राउल फर्नान्डेजको गोलमा ३४ मिनेटभित्र दुई गोलको अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यतिर मिला रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।
त्यसपछि मार्लोकाका लागि भेडाट मुरिकीले दुई गोल फर्काए । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला किकेले निर्णायक गोल गरेका हुन् । यो जितपछि मार्लोकाको चार खेलबाट १० अंक भएको छ । मार्लोका भने एकै अंकमा सीमित रहेर १९ औं स्थानमा छ ।
