रियललाई पछ्याउँदै बार्सिलोना 

यस जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको दूरी २ अंकमा छोट्याएको छ ।

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

Barcelona chasing Real

काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा भ्यालेन्सियामाथि आइतबार एकपक्षीय ६–० को जित रचेको छ । यस जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको दूरी २ अंकमा छोट्याएको छ ।

रियलको ४ खेलबाट अधिकतम १२ अंक छ भने बार्सिलोना १० अंकसहित दोस्रो स्थानमा छ । 

यससँगै फेरि एकपल्ट उपाधिको होड यिनै दुई परम्परागत टिमबीच चल्ने स्पष्ट भएको छ । बार्सिलोनाको यो जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र फेरमिन लोपेजले समान दुई गोल गरे । त्यसमध्ये लोपेजले २९ र ५६, राफिन्हाले ५३ र ६६ तथा लेवान्डोस्कीले ७६ र ८६ औं मिनेटमा गोल गरेका थिए । 

बार्सिलोनाले यो खेल आफ्नो प्रशिक्षण गर्ने मैदानमा खेलेको थियो । किनभने वार्साको नोउ क्याम्पको पुनर्निमाण पूर्ण रूपमा अझै सकिएको छैन । यो योहान क्राएफ प्रशिक्षण रंगशालाको क्षमता ६ हजारमात्र रहेको छ । खेलपछि प्रशिक्षक हान्सी फ्लिकले खुसी मान्दै भने, ‘हामीलाई चाहिएको प्रदर्शन यस्तै जितको हो ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully