४० वर्षे मोड्रिचको गोल

उनले ४० वर्षको उमेरमा पनि सान सिएरो क्लबका लागि यो निर्णायक गोलको प्रदर्शन गरेका हुन् ।

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

40-year-old Modric's goal

काठमाडौँ — लुका मोड्रिचले आफ्नो नयाँ क्लबका लागि गरेको पहिलो गोलबाट एसी मिलानले इटालीको सिरी ‘ए’ मा आइतबार बोलोग्नालाई १–० ले हराएको छ । उनले ४० वर्षको उमेरमा पनि सान सिएरो क्लबका लागि यो निर्णायक गोलको प्रदर्शन गरेका हुन् ।

उनले मंगलबार मात्रै आफ्नो जन्मदिन मनाएका थिए । 

जितपछि मोड्रिचले भने, ‘मलाई विश्वास छ, अबदेखि कसैले पनि मलाई मेरो उमेरबारे सम्झनाइरहने छैन । हाम्रो टिमको प्रदर्शन राम्रो रह्यो । मैले एलेक्सिसको पासमा सजिलै गोल गरें । यो गोलभन्दा पनि पास बढी महत्त्वपूर्ण रह्यो । प्रत्येक खेलपछि हाम्रा खेलाडीको आत्मविश्वास बढिरहेको छ ।’ 

कान्तिपुर

Link copied successfully