मंगलबार हुने पहिलो सेमिफाइनलमा गोर्खा ब्वाइज बुटवल र एवाईसी अञ्चलपुरबीच प्रतिस्पर्धा हुने भएको छ ।
रुपन्देही — जेन-जी आन्दोलनका कारण स्थगित रुपन्देहीमा सञ्चालित २३ औं लिस्नु कपका खेल मंगलबारदेखि सञ्चालन हुने भएका छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार हुने पहिलो सेमिफाइनलमा गोर्खा ब्वाइज बुटवल र एवाईसी अञ्चलपुरबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै असोज १ गते दोस्रो सेमिफाइनलमा फर्साटिकर युवा क्लब र अभिषेक चर्च रजहर भिड्ने खेल संयाेजक सुदीन भणडारीले जानकारी दिए । उनका अनुसार असोज ३ गते फाइनल प्रतिस्पर्धा हुनेछ ।
खेलमा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । खेलमा विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
