म खेलाडी हुँ । यो अवस्थामा पनि ड्युटीमा मैले आफ्नो भूमिका निर्वाह गरिरहें । नेपाल प्रहरी संगठनसँग आबद्ध छु । खेलाडीको रूपमा मैदानमा मात्र होइन, समाजप्रति पनि उत्तरदायी छु ।
मेरो पुस्ता (जेन–जी) को यस आन्दोलनले देशमा आमूल परिवर्तन आउने आशा राखेको छु । अहिलेको परिस्थितिमा युवाहरूले देश, समाज र व्यक्तिगत भविष्यको निर्माणका लागि आ–आफ्नोतर्फ जिम्मेवारीहरू सुझबुझ तरिकाले निर्वाह गर्नुपर्ने हुन्छ ।
रोजगारका लागि विदेश यात्रा गर्नुपर्ने बाध्यता विस्तारै न्युनीकरण होस् भन्ने आशा छ । प्रविधि, पर्यटन, खेलकुदजस्ता नवप्रवर्तन क्षेत्रमा सरकारको ध्यान जानुपर्छ ।
राजपुरा पछाईं
राष्ट्रिय खेलाडी, एथलेटिक्स
