लिभरपुलको शतप्रतिशत प्रदर्शन कायम

भाद्र २९, २०८२

हिमेश

काठमाडौं — डिफेन्डिङ च्याम्पियन लिभरपुलले आइतबार इंग्लिस प्रिमियर लिगमा दस खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित गरेको छ । मोहमद सलाहले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

टर्फ मुरमा भएको यो खेलको नतिजापछि लिभरपुलको शतप्रतिशत सुरुआत कायम राख्यो । खेलमा लिभरपुलले पूर्ण नियन्त्रण राखे पनि निर्णायक गोलका लागि संघर्ष गरेको थियो । यो नतिजापछि लिभरपुलको चार खेलबाट १२ अंक भएको छ र फेरि अंक तालिकाको शीर्षमा उक्लेको छ । बर्नली खेलको अन्त्यमा दस खेलाडीमा सीमित रहेको थियो । लेस्ली युगोचोक्वु रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । 

हिमेश

Link copied successfully