नेपाली यू–१७ टिम श्रीलंका जाने

भाद्र २८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — श्रीलंकामा हुने यू–१७ साफ च्याम्पिनयसिप खेल्ने नेपाली युवा राष्ट्रिय फुटबल टिम शनिबार बिहान त्यसतर्फ जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार आयोजित कार्यक्रमबीच टिमको बिदाइ गरेको छ ।\
\

एन्फा प्रवक्ता सुरेश शाहले टिमको बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गरे । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा अन्य टिममा आयोजक श्रीलंका र बंगलादेश छ । अर्को समूह ‘बी’ मा डिफेन्डिङ च्याम्पियन भारतसँगै पाकिस्तान, भुटान र माल्दिभ्स रहेको छ ।



नेपालले आफ्नो पहिलो खेल श्रीलंकाविरुद्ध सोमबार खेल्नेछ । टिमको मुख्य प्रशिक्षकमा सन्जीव सिंह छन् । उनले घोषणा गरेको २३ सदस्यीय टिममा पेम्बा नोर्बु भोटे, राम बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् । 



अन्य खेलाडीमा प्रशान्त म्याङ्बो, राम थामी, कृष्ण भण्डारी, प्रतिश थापामगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर, सुजन स्याङतान, समीर कुमार, दिग्विजय शाही, निशकुमार श्रेष्ठ र रोहित श्रेष्ठ छन् । प्रत्येक समूहको शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।  

 


कान्तिपुर

Link copied successfully