लिभरपुलले आइतबार बर्नलीको सामना गर्दा बेलायती कीर्तिमानी मूल्यमा अनुबन्धित एलेक्जान्डर इसाक उतार्न सक्ने
लन्डन — म्यानचेस्टर सिटीले जति बेला इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ, टोलीको एउटै लक्ष्य हुनेछ, लगातार तेस्रो हार रोक्ने । अन्तर्राष्ट्रिय विश्रामपछि लिग फेरि फर्कदै छ । पूरा सम्भावना के छ भने एलेक्जान्डर इसाकले लिभरपुलका लागि यही साता डेब्यु गर्न सक्नेछन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र उनका युनाइटेड समकक्षी रुबेन एमोरिम दुवै चर्को दबाबमा छन् ।
भलै, सिजन भर्खरै सुरु भएको हो, तीन चरणको खेल मात्र सकिएको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल मात्र त्यस्तो टिम रहेको छ, जसले आफ्नो शतप्रतिशत नतिजा आत्मसात् गरेको छ । अर्कोतर्फ एन्गे पोस्टेकोग्लु फेरि नटिङ्घम फरेस्टको क्लब व्यवस्थापनमा फर्केका छन्, ।
टोटनहमले बर्खास्त गरेको तीन महिना भएको छैन, उनले काम पाइहालेका छन् । एएफपीले यो साता हुने खेलमा तयार पारेको सबैभन्दा महत्त्वपूर्ण तीन बुँदा के के हुन् त ?
लयमा रहेको लिभरपुल
जसरी इसाक कीर्तिमानी मूल्यमा लिभरपुल आए, उनलाई के लाग्छ भने सबैले सबथोक ठ्याक्कै बुझ्न पाएका छैनन् । तर प्रशिक्षक आर्ने स्लट भने लिभरपुलले आइतबार बर्नलीको सामना गर्दा इसाकलाई लिएर प्रस्ट छन् । त्यसैले त लिभरपुलले बेलायती कीर्तिमानी मूल्यमा उनका लागि न्युकासल युनाइटेडलाई १२ करोड ५० लाख पाउन्ड तिरेको थियो । स्विडेनी खेलाडीले लिभरपुल जान जसरी जिद्दी कसे, त्यसले न्युकासल समर्थक भने रिसाएका छन् ।
लिभरपुलसँग आबद्ध भएयता इसाकले चर्को स्वरमा भनेका छन्, यी २५ वर्षीय खेलाडी एनफिल्डमा नयाँ इतिहास बनाउन चाहन्छन् । यसै साता आफ्नो टिमसँग एकै ठाउँ अभ्यास गरेका इसाकले टर्फ मुरमा हुने खेलमा डेब्यु गर्ने विश्वास गरिएको छ ।
यति भन्दाभन्दै स्लटलाई समस्या भने हुनेछ, साँच्चै अगाडि खेलाउने त खेलाउने हो, तर कसलाई ? मन खुलेर खर्च गरेपछि लिभरपुलसामु आक्रमणमा धेरै विकल्प छन् । खास प्रश्न हो, इसाक जत्तिको खेलाडीलाई मोहम्मद सलाह, फ्लोरिन विर्टज, ह्युगो एकिटिके र कोडी गाक्पो जस्ता स्टारबीच कहाँनिर उतार्ने हो त ? लिभरपुल यसपल्ट कीर्तिमान २१ औं माथिल्लो डिभिजनको लिग उपाधि जित्ने अभियानमा छ ।
लगातार तीन खेल जितेर लिभरपुल अहिले नै अंक तालिकाको शीर्षमा छ । इसाक आएपछि लिभरपुल आफ्ना प्रतिद्वन्द्वीभन्दा साँच्चै बलियो देखिएको छ ।
म्यानचेस्टर डर्बीले कसको घाउ पुर्ने ?
इतिहाद स्टेडियममा हुने म्यानचेस्टर डर्बीमा त्यस्तो दुई टिम उत्रँदै छ, जुन अहिले नै समस्यामा छन् । दुवै म्यानचेस्टर टिमले सुरुआती तीन खेलमध्ये एकमा मात्र विजयीे छ । टोटनहम र ब्राइटनविरुद्धको खेल लगातार गुमाएपछि सिटीका ग्वार्डिओलामाथि प्रश्न उठिसकेको छ, कति धेरै खर्चेर बनाएको टिमको प्रदर्शन पनि यस्तै हो र भने ? गत सिजन पनि सिटी तेस्रो स्थानमा मात्र रहेको थियो ।
अझ सिटी बढी समस्यामा परेको छ, किनभने इजिप्टको फरवार्ड ओमर मरमोहस ब्राइटनविरुद्धको खेलमा घाइते भएका छन् । उनले घुँडाको चोटकै कारण आइतबारको म्यानचेस्टर डर्बी खेल्ने सम्भावना समाप्त भइसकेको छ । रायन चेर्की र माटेओ कोभासिचको अहिले नै खेल्न सम्भावना समाप्त भइसकेको छ । जोन स्टोन्स, रायन एइट–नुरी, रिको लेविस, निको ओ’रेकी र अब्दुकोडिर खुर्सानोभको फिटनेसमा शंका छ ।
त्यसैले उनीहरूले अन्तर्राष्ट्रिय विश्रामका बेला खेलेनन् । बर्नलीविरुद्ध पछिल्लो खेलमा प्राप्त युनाइटेडको जितमा पनि ब्रुनो फर्नान्डेजले अन्तिम क्षणमा पेनाल्टीबाट गोल गरेका थिए । यो जितमा पनि युनाइटेडको प्रदर्शन खासै उत्साहबर्द्धक रहेन । तर, यो नै सिजनको पहिलो जित रह्यो । यसअघि एमोरिमको टिम आर्सनलसँग हारेको थियो, फुलहमसँग बराबरी खेलेको थियो भने लिग कपमा चौथो डिभिजनको ग्रिम्सबीसँग लाजमर्दो ढंगले पराजित भएको थियो ।
पोस्टेकोग्लुलाई फरेस्टको जिम्मा
टोटनहमले बर्खास्त गरेको तीन महिना पनि पुगेको थिएन, पोस्टेकोग्लुले फरेस्टको जिम्मा पाइहाले । संयोग कस्तो भने उनी आफ्नो पहिलो जिम्मेवारीका लागि उत्तरी लन्डन नै फर्कदै छन्, फरेस्ट आर्सनलसँग भिड्दा । यसै साता मात्र नुनो स्प्रिटो सान्टु बर्खास्त परेयता पोस्टेकोग्लुलाई टिमको जिम्मा दिइएको हो । उनी आफैं टोटनहमबाट त्यतिबेला बर्खास्तगीमा परेका थिए, जतिबेला क्लबले युरोपा लिग जितेको थियो ।
टोटनहमले यो सफलता चुमेर १७ वर्षयताको उपाधि खडेरी तोडेको थियो । जसले उनलाई बर्खास्त गरेको थियो, तिनी थिए अध्यक्ष ड्यानियल लेभी । उनी आफैं पछिल्लो साता टोटनहमबाट अलग भएका छन् । एउटा तथ्य निश्चित छ, यी लेभी राम्रो प्रदर्शनका लागि जति दबाब दिने खालका छन्, त्यो भन्दा बढी जिद्दी त फरेस्टका मालिक इभानगेलोस मारिनाकिस छन् ।
सान्टुले ३० वर्षयता पहिलो पटक फरेस्टलाई युरोपका लागि छनोट गराए । तर उनको तिनै मारिनाकिससँग भने सम्बन्ध राम्रो हुन सकेन र उनले त्यसकै मूल्य चुकाए । यी दुईबीच मैदानमा झगडासमेत भएको थियो । पोस्टेकोग्लु टोटनहममा छँदा गत सिजन टोटनहम १७ औं स्थानमा रहेको थियो । तर सान्टुको नेतृत्वमा फरेस्ट सातौं स्थानमा पुगेको थियो । त्यसैले तय छ, पोस्टेकोग्लुलाई मालिक मारिनाकिसले जतिसक्दो दबाबमा राख्नेछन् ।
