प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ र यसमा रहेका अन्य टिममा आयोजक श्रीलंका र बंगलादेश छन् ।
काठमाडौं — श्रीलंकामा हुने यू–१७ साफ च्याम्पिनयसिप खेल्ने नेपाली राष्ट्रिय टिम शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोको एन्फा कम्फ्लेक्समा शुक्रबार आयोजित कार्यत्रमबीच टिमको बिदाइ गरेको छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ र यसमा रहेका अन्य टिममा आयोजक श्रीलंका र बंगलादेश छन् । अर्को समूह ‘बी’ मा डिफेन्डिङ च्याम्पियन भारतसँगै पाकिस्तान, भुटान र माल्दिभ्स छन् । नेपालले आफ्नो पहिलो खेल श्रीलंकाविरुद्ध सोमबार खेल्नेछ ।
टिमको मुख्य प्रशिक्षकमा संजीव सिंह रहेका छन् । उनले घोषणा गरेको २३ सदस्यीय टिममा पेम्बा नोर्बु भोटे, राम बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, दीपेन कार्की, धीरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।
यस्तै अन्य सदस्यमा प्रशान्त म्याङ्बो, राम थामी, कृष्त भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसीब हेन्जन, सुशान मगर, सुजन स्याङताङ, समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ छन् । प्रत्येक समूहको शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।
