बंगलादेशी फुटबल टिम आज फर्कंदै

यसअघि सुरक्षाको कारण देखाएर एन्फाले दोस्रो खेल रद्द गरेको थियो ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Bangladesh football team returning today

काठमाडौँ — नेपाल भ्रमणमा रहेको बंगलादेशी फुटबल टिम आज मंगलबार स्वेदश फर्किने भएको छ ।

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल रद्द भएसँगै टिम फर्कन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाए अनुसार बंगलादेशी टिम विमान बंगलाबाट साँच चार बजेको उडानबाट ढाका जानेछ । 

यसअघि सुरक्षाको कारण देखाएर एन्फाले दोस्रो खेल रद्द गरेको थियो ।

जेन–जेको आन्दोलनपछि देशमा उत्पन्न भएको परिस्थितिका कारण सुरक्षा दिन नसक्ने भनेर एन्फाले दोस्रो खेल नगर्ने जनाएको थियो । पहिलो खेल भने गोलरहित बराबरीमा टुंगेको थियो । 

कान्तिपुर

Link copied successfully