नेपाल र बंगलादेशबीचको खेल रद्द

देशको हालको अवस्थालाई ध्यानमा राख्दै एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटी सदस्यहरूबीच यसबारे छलफल भएको थियो।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

The match between Nepal and Bangladesh has been cancelled

काठमाडौँ — नेपाल र बंगलादेशबीच मंगलबार हुने दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्द गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै खेल नहुने बताएको हो ।

एन्फाले भनेको छ, ‘देशमा देखा परेको हालको अवस्थालाई मध्यनजर गरेर खेल स्थगित गरिएको छ ।’ त्यसअगाडि खेल गर्ने अथवा नगर्नेबारे एन्फाको केन्द्रिय कमिटीका सदस्यबीच छलफल भएको थियो ।

बंगलादेशी राष्ट्रिय टिम फिफा–विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको हो । त्यसमध्ये दुई टिमबीचको पहिलो खेल शनिबार भएको थियो र त्यो गोलरहित बराबरीमा टुंगेको थियो । 

कान्तिपुर

Link copied successfully