समूह ‘ई’ को खेलमा स्पेनका लागि मेरिनोले २२ मिनेटमा पहिलो गोल गरेपछि पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल थपे । खेलमा मेरिनोले ह्याट्रिक गर्दा टर्कीविरुद्व ६-० को नतिजा हात पार्यो।
काठमाडौँ — मिखेल मेरिनोको ह्याट्रिकको मद्दतमा स्पेनले युरोपेली विश्वकप छनोटमा आइतबार टर्कीमाथि ६–० को शानदार जित हात पारेको छ । समूह ‘ई’ को खेलमा मेरिनोले २२ मिनेटमा पहिलो गोल गरेपछि पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल थपे ।
त्यसपछि उनले ५७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । त्यस बाहेक पेड्रिले छ र ६२ औं मिनेटमा दुई गोल गरे । एक गोल फेरान टोरेसको नाममा रह्यो र यो ५३ औं मिनेटमा सम्भव भएको थियो । छनोटको समूह ‘जे’ मा बेल्जियमले पनि काजाकिस्तानलाई ६–० ले हरायो ।
जर्मनीले भने समूह ‘ए’ मा उत्तरी आयरल्यान्डलाई ३–१ ले हरायो र यसपल्टको छनोटमा पहिलो जित आत्मसात् गर्यो । यो समूहमा दुई खेलबाट दुई जित निकाल्दै स्लोभाकिया पहिलो स्थानमा छ । उसले अर्को खेलमा लक्जेम्बर्गलाई १–० ले पराजित गर्यो ।
