पूर्व कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्का र वर्तमान कप्तान रोहित पौडेलले सामाजिक सञ्जालमार्फत सोमबारको घटनाप्रति रोष व्यक्त गरेका छन् ।
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व तथा वर्तमान कप्तानले सोमबार जेन–जीले गरेको प्रदर्शनमाथि सरकारको दमनप्रति चरम निराशा पोखेका छन् । पूर्व कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्का र वर्तमान कप्तान रोहित पौडेलले सामाजिक सञ्जालमार्फत घटनाप्रति रोष व्यक्त गरेका छन् ।
पारसले लेखेका छन्, ‘हाम्रो देश, नामको देश, जता हेरे, त्यतै निराशा, कामभन्दा भाषण बढी, गलत र सही मूल्याङ्कन नभएको सामाजक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थभन्दा उठ्न नसकेको मेरो देश, मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली ।’
उनले त्यसमै थपेका छन्, ‘सहिद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु सहिद हुनु हो भने हामी सबै धेरै अघि नै सहिद भइसकेका छौं । निःशब्द ।’
कप्तान रोहित पौडेलले लेखेका छन्, ‘आशा बोकेर हिँडेका उनीहरू आज सहिद बने । अधुरा सपना र आकांक्षा, हाम्रो मातृभूमिका सन्तान, हाम्रो युवा... किन ?
निःशब्द, हार्दिक श्रद्धाञ्जली ।’
