अल्कारेजले सन् २०२२ मा पहिलो पटक यूएस ओपन जितेका थिए । इटालीका सिनरले यसपल्टको फाइनलमा खासै धेरै प्रतिरोध गर्न सकेनन् ।
काठमाडौँ — कार्लोस अल्कारेजले आफ्ना सबैभन्दा ठूला प्रतिद्वन्द्वी यानिक सिनरलाई चार सेटको फाइनलमा पराजित गर्दै आइतबार यूएस ओपन २०२५ को उपाधि जितेका छन् । स्पेनका अल्कारेजले दोस्रो सेट गुमाएयता पनि सिनरमाथि ६–२, ३–६, ६–१ र ६–४ को जित रचे ।
अल्कारेजले सन् २०२२ मा पहिलो पटक यूएस ओपन जितेका थिए । इटालीका सिनरले यसपल्टको फाइनलमा खासै धेरै प्रतिरोध गर्न सकेनन् ।
फ्रेन्च ओपन विजेता पनि रहेको अल्कारेजले विम्बल्डनको फाइनल भने सिनरसँगै गुमाएका थिए । सिनरले भने अस्ट्रेलियन ओपन पनि जितेका थिए । यससँगै २२ वर्षीय अल्कारेजले जितेको ग्रान्ड स्लाम उपाधिको संख्या छ पुगेको छ ।