दुईदिने प्रतियोगिताको आइतबार भएको फाइनलमा विद्यावाणी पाठशालाले क्रिस्टियन कम्युनिटी स्कुललाई ५–१ गोलले पराजित गर्यो ।
काठमाडौँ — विद्यावाणी पाठशालाले द भेलोसिटी स्कुलले आयोजना गरेको प्रथम भेलोसिटी अन्तरविद्यालय अन्डर–१२ छात्र फुटसल प्रतियोगिता जितेको छ ।
दुईदिने प्रतियोगिताको आइतबार भएको फाइनलमा विद्यावाणी पाठशालाले क्रिस्टियन कम्युनिटी स्कुललाई ५–१ गोलले पराजित गर्यो ।
१६ वटा विद्यालयका टोलीहरूले सहभागिता जनाएको प्रतियोगितामा ब्रह्मकुञ्ज शिक्षा सदन तेस्रो भयो । अक्षरा स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्यो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा प्रतियोगितामा विशेष अतिथिकी रूपमा थिइन् । एन्जिलासहित भेलोसिटी स्कुलका प्रिन्सिपल रेखा खनालले विजेता टोलीहरूलाई पुरस्कृत गरिन् ।