महासंघबाट एरिका नगदसहित सम्मानित

महासंघका अध्यक्ष युवराज लामाले उनलाई सो सम्मान प्रदान गरेका थिए । ‘कराँतेको राम्रो नतिजाले नयाँ खेलाडीलाई हौसला मिलेको छ,’ एरिकाले भनिन्, ‘नेपालको लागि अझै पदक जित्न बाँकी छ । भविष्यमा अझै मिहिनेत गर्नेछु ।’

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

Erica was honored with cash by the federation

काठमाडौँ — नेपाल कराँते महासंघले विश्व कराँते च्याम्पियनसिपमा कांस्य पदक जितेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ । मोरोक्कोमा भएको च्याम्पियनसिपमा कांस्य पदक जितेकी एरिकालाई आइतबार संघले २ लाख नगदसहित सम्मान गरेको हो । 

महासंघका अध्यक्ष युवराज लामाले उनलाई सो सम्मान प्रदान गरेका थिए । ‘कराँतेको राम्रो नतिजाले नयाँ खेलाडीलाई हौसला मिलेको छ,’ एरिकाले भनिन्, ‘नेपालको लागि अझै पदक जित्न बाँकी छ । भविष्यमा अझै मिहिनेत गर्नेछु ।’ 

‘नेपालमा पहिले सबै प्रतियोगितामा जित्ने खेलाडी थिएन । अहिले एरिका आइन् तर राज्यले उनको सही मूल्यांकन गरेको छैन,’ अध्यक्ष लामाले भने, ‘दुःख समयमा पनि हाम्रा खेलाडीले हासिल गरेको पदकमा हामी गर्व गर्छौं । विश्वकै शीर्ष श्रेणी खेलाडीहरू हामीसँग छन् ।’ 

विश्वकै कराँते श्रेणीमा एरिका २७ औं स्थानमा छिन् । पछिल्लो ९ वर्षदेखि कराँते खेल्दै आएकी उनले ८ अन्तर्राष्ट्रिय प्रतियोगिता जितिसकेकी छिन् । 

कान्तिपुर संवाददाता

Link copied successfully