यू–१४ फुटबलमा इन्टिग्रेटेड विजयी

नेपालगन्ज रंगशालामा छात्रतर्फ इन्टिग्रेटेडले वेस्टजोन माविलाई ४–० ले पराजित गर्‍यो ।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Integrated winners in U-14 football

नेपालगन्ज — इन्टिग्रेटेड एकेडेमीले बाँके जिल्लास्तरीय यू–१४ छात्रछात्रा विद्यालय फुटबल प्रतियोगितामा जित पाएको छ ।

नेपालगन्ज रंगशालामा छात्रतर्फ इन्टिग्रेटेडले वेस्टजोन माविलाई ४–० ले पराजित गर्‍यो । कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–१ गोल गरे । निशानले २१ र २४ औं मिनेटमा गोल गरे भने समरले ५ मिनेट र निश्चलले २० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्यासदनबीचको खेल प्राविधिक कारणले पहिलो हाफ सकिएपछि रोकिएको छ । पहिलो हाफमा सिद्धार्थले १–० ले अगाडि छ । दोस्रो हाफ आइतबार खेलाउने आयोजकले जनाएको छ ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ १७ विद्यालयले भाग लिएका छन् । प्रतियोगिता विजेताले लुम्बिनी प्रदेशस्तरीय एन्फा यू–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछ ।

शनिबारै जयमंगलम सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक सञ्जय अग्रवालले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

छात्रतर्फ समुह ‘ए’ मा वेस्टजोन मावि, इन्ट्रिग्रेटेड, नेपालगन्ज मोडेल एकेडेमी, सिद्धार्थ विद्यासदन, मैटहवा मावि सैनिक, ग्रीनपिस मावि, मनकामना मावि, ब्राइटल्यान्ड स्कुल छन् । समुह ‘बी’ मा सेन्ट थोमस, युनाइटेड एजुकेसनल, दीपज्योति, होलिल्यान्ड, नेपालगन्ज सेन्ट जेभियर्स, बालज्योति, गुराँस चाइल्डहुड, कोहलपुर बागेश्वरी, शिखा एकेडेमी छन् ।

कान्तिपुर

Link copied successfully