नेपाल र बंगलादेशबीच गोलरहित बराबरी

अब दोस्रो खेल मंगलबार हुनेछ । त्यो खेलमा पनि स्पष्ट नतिजा नआएको खण्डमा टाइब्रेकर हुनेछ र त्यसमा जित्ने दुई खेल शृंखलाको च्याम्पियन पनि हुनेछ ।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Goalless draw between Nepal and Bangladesh

काठमाडौँ — नेपाल र बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार गोलरहित बराबरीमा टुंगेको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले निर्णायक साबित हुन सक्ने आक्रमण बुन्न सकेनन् ।

त्यसैले खेल निराशाजनक गोलरहित बराबरीमा समाप्त भएको हो । प्रशिक्षक म्याट रसले ४–२–३–१ रणनीति लिएका थिए । त्यसैले पनि नेपाली टिम रक्षात्मक खेल शैलीमै केन्द्रित रह्यो ।

Goalless draw between Nepal and Bangladesh

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल २०२३ को नोभम्बरयता पहिलो पटक हो । दुवै टिम एसियाकप छनोटको तयारीमा छन् र त्यसकै तयारीका लागि यो दुई खेलको शृंखला भएको हो ।

Goalless draw between Nepal and Bangladesh

अब दोस्रो खेल मंगलबार हुनेछ । त्यो खेलमा पनि स्पष्ट नतिजा नआएको खण्डमा टाइब्रेकर हुनेछ र त्यसमा जित्ने दुई खेल शृंखलाको च्याम्पियन पनि हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully