यस खेलसँगै एमबापेले थिएरी हेनरीको नाममा रहेको फ्रान्सका लागि दोस्रो सर्वाधिक ५३ गोलको कीर्तिमान बराबरी गरेका छन्।
काठमाडौँ — केयलिन एमबापेले खेलको अन्त्यतिर गरेको उत्कृष्ट गोलको मदतले फ्रान्सले युक्रेनलाई २–० ले पराजित गर्दै शनिबार युरोपेली विश्वकप छनोटमा विजयी सुरुआत लिएको छ । समूह ‘डी’ को खेलमा फ्रान्सका लागि पहिलो गोल भने मिचेल ओलिसले गरे ।
त्यसपछि एमबापेले ८३ औं मिनेटमा दोस्रो गोल गरे । यससँगै उनले थिएरी हेनरीको नाममा रहेको फ्रान्सका लागि दोस्रो सर्वाधिक ५३ गोलको कीर्तिमान बराबरी गरेका छन् । फ्रान्सका लागि सबैभन्दा बढी गोलको कीर्तिमान ओलिभर गिरोडको नाममा छ ।
यसै समूहको अर्को खेलमा आइसल्यान्डले अजरबैजानलाई ५–० ले हरायो । समूह ‘सी’ मा ग्रिसले बेलारुसलाई ५–१ ले पराजित गर्यो भने डेनमार्क र स्टकल्यान्डले गोलरहित बराबरी खेले । यस्तै समूह ‘बी’ मा स्विटजरल्यान्डले कोसोभोलाई ४–० ले पन्छायो भने स्लोभानिया र स्विडेनबीचको खेल २–२ को बराबरीमा टुंगियो ।
