एभरेस्ट भलिबल : ललितपुरको दोस्रो जित

ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

भाद्र २१, २०८२

अनुप पौडेल

Everest Volleyball: Lalitpur's second victory

कास्की — ललितपुर क्विन्सले पोखरामा जारी दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । ललितपुरले पहिलो सेट २५-१९, दोस्रो सेट २५-२३, तेस्रो सेट २५-२१ ले जित्यो । ललितपुरले शुक्रबार पहिलो खेलमा मधेश युनाइटेडलाई पनि ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

आजको दोस्रो खेल लुम्बिनी लाभाज र कर्णाली यश्विसबीच जारी छ । आज तेस्रो खेल मधेश युनाइटेड र पोखरा निन्जाजाबीच हुनेछ । 

अनुप

Link copied successfully