शनिबार न्युयोर्कमा भएको सेमिफाइनलमा सिनरले फेलिक्स अगर–एलिसिमलाई ६–१, २–६, ६–३ र ६–४ ले पराजित गरे ।
काठमाडौँ — यूएस ओपन २०२५ को पुरुष एकलको फाइनलमा यानिक सिन र कार्लोस अल्कारेज भिड्ने भएका छन् ।
शनिबार न्युयोर्कमा भएको सेमिफाइनलमा सिनरले फेलिक्स अगर–एलिसिमलाई ६–१, २–६, ६–३ र ६–४ ले पराजित गरे ।
अर्को सेमिफाइनलमा अल्कारेजले नोभाक जोकोभिचलाई ६–४, ७–६ र ६–२ ले हराए । विश्व नम्बर २ खेलाडी अल्कारेज लगातार तेस्रो पल्ट ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेका छन् ।
यो हारले जोकोभिचको कीर्तिमान ग्रान्ड स्लाम उपाधि जित्ने सपनामा फेरि अर्को अवरोध तेर्सिएको छ । अर्कोतर्फ विश्व नम्बर १ सिनर भने सन् २०२५ मा तेस्रो ठूलो उपाधि जित्ने क्रममा पुगेका छन् ।