एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको अफिसियल होटल पार्टनरमा मझेरी

काठमाडौंमा हुँदै आएको पल्सर स्पोर्ट्स अवार्ड यस वर्ष पहिलो पटक पोखरामा आयोजना हुने, अतिथिहरूको आवास पोखरा लेकसाइडको मझेरीमा हुनेछ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Mezheri is the official hotel partner of the NSJF Pulsar Sports Awards

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणका लागि अफिसियल होटल पार्टनरमा मझेरी रिसोर्ट तथा स्पासँग प्रायोजन सम्झौता गरेको छ ।

पल्सर स्पोर्ट्स अवार्ड भदौ २९ गते पर्यटनको राजधानी पोखरामा हुनेछ । काठमाडौंमा हुँदै आएको यस अवार्ड कार्यक्रम पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो । 

त्यसैले अवार्ड कार्यक्रममा उपस्थित अतिथिहरूको आवासको प्रबन्ध गर्न पोखरा लेकसाइडमा रहेको मझेरीसँग सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र होटल मझेरी रिसोर्टका अध्यक्ष अर्जुन खनालले हस्ताक्षर गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully