म्याटको दाबी : जित्नका लागि नेपालले खेल्ने

नेपाल र बंगलादेशबीचको यो खेल एसियाकप छनोटको तयारीमा विशेष महत्त्वपूर्ण मानिएको छ। दुवै टिमका कप्तानले एकअर्कालाई बलियो प्रतिद्वन्द्वी मानेका छन्।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Matt's claim: Nepal will play to win

What you should know

काठमाडौँ — नेपालले दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बंगलादेशको सामना गर्दैछ र त्यस अगाडि शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक रस म्याटले नेपालले जितका लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा हुने खेल नेपालका लागि निकै महत्त्वपूर्ण रहेको बताउँदै अस्ट्रेलियाली प्रशिक्षक रसले बंगलादेश बलियो प्रतिद्वन्द्वी हुनेमा कुनै शंका नरहेको पनि बताए ।

‘मलाई लाग्छ, हामीले राम्रो तयारी गरेका छौं । हाम्रो अपेक्षा जित नै हुनेछ,’ उनले भने । बंगलादेशी टिमप्रति उच्च सम्मान देखाउँदै रसले यही खेलका क्रममा आफ्नो टिमको परीक्षा हुने पनि दाबी गरे । त्यस अवसरमा नेपाली टिमका कप्तान किरण लिम्बूले पनि बंगलादेश निकै बलियो टिम रहेको बताए । उनी अहिले बंगलादेशमै व्यवसायिक फुटबल खेलिरहेका छन् ।

कप्तान लिम्बूले भने, ‘हामीले धेरैपछि दशरथ रंगशालामा खेल्दैछौं । त्यसैले उत्साहित छौं । धेरै दर्शकको समर्थन हुने पनि विश्वास लिएका छौं । मैले धेरै पल्ट भनेको छुं, हाम्रो लागि दशरथ रंगशालामा खेल्नु जत्तिको महत्त्व अरू केही छैन् ।’ बंगालदेशी टिमका प्रशक्षिक जेभियर क्याब्रेराले पनि नेपाललाई दशरथ रंगाशालामा खेल्नु कठिन हुने स्विकारे । उनले भने, ‘यति भन्दा भन्दै पनि हामी नेपाल आएर खेल्न पाएकामा खुसी छौं ।’

एसियाकप छनोट तयारीमा रहेको बंगलादेशका लागि नेपालविरुद्धको खेल निकै महत्त्वपूर्ण हुने पनि उनले थपे । बंगलादेशी कप्तान जमाल भुयाले नेपाल जहिले पनि बलियो प्रतिद्वन्द्वी रहेको बताए । उनले भने, ‘नेपालविरुद्ध खेल्न कहिले पनि सजिलो हुन्न, अझ विशेषतः दशरथ रंगशालामा । हाम्रो विश्वास के छ भने हाम्रो प्रदर्शन पनि उच्च रहनेछ । एसियाकप छनोट अगाडिको खेल रहेको हुनाले हामी नेपालको सामना गर्दा गम्भीर छौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully