न्युजिल्यान्डका पूर्वकप्तान टेलरले सामोआबाट विश्वकप छनोट खेल्ने 

न्युजिल्यान्डका पूर्वकप्तान टेलरले सामोआको सम्पदा र संस्कृतिलाई खेल मार्फत प्रतिनिधित्व गर्ने अवसरलाई ठूलो सम्मान भनेका छन्।

भाद्र २०, २०८२

एएफपी

Former New Zealand captain Taylor will play World Cup qualifiers for Samoa

What you should know

वेलिङटन — न्युजिल्यान्ड क्रिकेटका महान रोस टेलरले शुक्रबार आफ्नो संन्यास फिर्ता लिँदै सामोआबाट खेल्ने भएका छन् । चार वर्ष अघि संन्यासको घोषणा गरेका ४१ वर्षे टेलरले सामोआलाई अर्को वर्षको ट्वान्टी–२० विश्वकपमा छनोट गराउने लक्ष्य रहेको जनाए । 

यसअघि न्युजिल्यान्डका कप्तान पनि रहेका टेलरले आफ्नो आमाको जन्म देशबाट खेल्न पाउनु ‘ठुलो सम्मान’ भएको जनाए । ‘म सामाओलाई प्रतिनिधित्व गर्न गइरहेको आधिकारिक घोषणा गर्दछु,’ टेलरले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो मलाई मन पर्ने खेलमा फर्किनु मात्र होइन, मेरो सम्पदा, संस्कृति, गाउँ र परिवारको प्रतिनिधित्व गर्न पाउनु ठुलो सम्मान हो ।’

उनले अगाडि भनेका छन्, ‘यस खेलमा फर्किने अवसरलाई लिएर म उत्साहित छु, टोलीमा समावेश भएर मैदान भित्र र बाहिरका अनुभवहरू बाँड्ने छु ।’ टेलरले न्युजिल्यान्डबाट १ सय १२ टेस्ट सहित तीनै संरचनामा गरेर कुल ४ सय ५० खेल खेलेका थिए । उनले पछिल्लो पटक न्युजिल्यान्डको जर्सी २०२२ को सुरुआतमा लगाएका थिए । अप्रिलमा मात्र उनी एक देशबाट अर्को देशमा खेल्न जाने क्रममा सामोआबाट खेल्न योग्य भएका थिए । 

‘म कुनै कुनै रूपमा उनीहरूलाई केही मद्दत गर्न चाहन्थेँ, तर खेलेरै सहयोग गर्न सकिन्छ भनेर मैले सोचेको थिइन,’ टेलरले न्युजिल्यान्डको मिडियामा भनेका छन्, ‘मलाई प्रशिक्षण गर्न सकिन्छ होला, युवा खेलाडीलाई प्रशिक्षण वा खेलकुद सामाग्री दिन सक्छु जस्तो लागेको थियो । तर खेल्नै पाउने भएँ, जसको म प्रतीक्षा गरिरहेको थिएँ ।’

टेलरले अर्को महिना ओमानमा हुने विश्वकप एसिया–प्यासिफिक छनोटमा खेल्ने छन् । समूह–३ मा रहेको सामोआले आयोजक ओमान र पपुवा न्यु गिनीसँग खेल्ने छ । नेपाल, यूएईसहितले यो प्रतियोगिता खेलिरहेको छ । सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्समा पुग्ने छन् । 

नेपाल र सामोआ आफ्नो समूहको शीर्ष दुईमा परेमा सुपर सिक् समा भेट्ने छन् । सुपर सिक्सबाट शीर्ष ३ टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छन् । 

एएफपी

Link copied successfully