एभरेस्ट भलिबल : पोखरा निन्जाजमाथि कर्णाली यश्विसको जित

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा कर्णालीले घरेलु टिम पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

भाद्र २०, २०८२

अनुप पौडेल

Everest Volleyball: Karnali Yeshwis win over Pokhara Ninjas

कास्की — साबिक विजेता कर्णाली यश्विसले दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उद्घाटन खेलमा जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा कर्णालीले घरेलु टिम पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

कर्णालीले पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–१४ को जित निकाल्यो । 

ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल जारी छ । ललितपुर साबिकको उपविजेता हो । मधेश प्रथम संस्करणको सबैभन्दा कमजोर टिम हो । 

लिगमा कर्णाली यश्विस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज गरी ६ टिम सहभागी छन् । 

अंक तालिकाको शीर्ष दुईमा पुग्ने टिमबीच भदौ २८ मा फाइनल हुनेछ । 

अनुप पौडेल

Link copied successfully