अमेरिकाकी एनिसिमोभाले शुक्रबार भएको सेमिफाइनलमा नाओमी ओसाकालाई ६–७, ७–६ र ६–३ ले पराजित गरिन् ।
काठमाडौँ — यूएस ओपन २०२५ को महिला एकल फाइनलमा अमान्डा एनिसिमोभा र आरयना सबलेन्का भिड्ने भएका छन् । अमेरिकाकी एनिसिमोभाले शुक्रबार भएको सेमिफाइनलमा नाओमी ओसाकालाई ६–७, ७–६ र ६–३ ले पराजित गरिन् ।
पहिलो पटक यूएस ओपनको फाइनल प्रवेश गर्ने क्रममा एनिसिमोभाले एक सेटले पछाडि परेको स्थितिबाट उत्कृष्ट पुर्नआगमन रचेकी थिइन् । उनी ग्रान्ड स्लाम फाइनलमा पुगेको यो लगातार दोस्रो पल्ट हो ।
यसअघि उनले विम्बल्डन फाइनल पनि खेलेकी थिइन् । शुक्रबारनै भएको अर्को सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन तथा नम्बर १ खेलाडी सबलेन्काले पनि एक सेटले पछाडि रहेको स्थितिबाट जित रचिन् ।
बेलारुसकी सबलेन्काले जेसिका पेगुलालाई ४–६, ६–३ र ६–४ ले हराइन् । सबलेन्का ग्रान्ड स्लाम फाइनलमा पुगेको यो छैटौं पल्ट हो ।
