झापाको प्ले–अफ सम्भावना

एनआरटीको अन्तिम खेल संकटाविरुद्ध नै रहेको छ । त्यस खेलमा एनआरटी पराजित भए झापाको भाग्य खुल्ने छ ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Jhapa's play-off chances

काठमाडौँ — झापा एफसीले एन्फा वुमेन्स लिग छनोट २०२५ मा बिहीबार लम्कीलाई २–० ले पराजित गरेको छ र यससँगै समूह ‘बी’बाट कम्तीमा प्ले–अफ खेल्ने सम्भावना कायम राख्यो । यो जितपछि झापाको १२ अंक भएको छ र कम्तीमा तेस्रो स्थानमा रहने निश्चित भएको छ ।

विजयी टिमका लागि मनीषा थापा मगरले ४४ र निशाकुमारी बुर्जाले ८९ औं मिनेटमा १/१ गोल गरे । यो समूहमा संकटा १५ अंकसहित शीर्षमा छ र राष्ट्रिय टिमका लागि छनोट भइसकेको छ । उसको पछाडि एनआरटी १२ अंकमा रहेको छ र उसले एक खेल खेल्न बाँकी छ ।

एनआरटीको अन्तिम खेल संकटाविरुद्ध नै रहेको छ । त्यस खेलमा एनआरटी पराजित भए झापाको भाग्य खुल्ने छ । लिग चरणको अन्त्यमा बराबरीको स्थितिमा ‘हेड टु हेड’ हेर्ने नियम अनुसार झापा एनआरटीभन्दा अगाडि रहनेछ । झापाले एनआरटीलाई २–१ ले हराएको थियो । 

कान्तिपुर

Link copied successfully