सदस्यसचिवले बुझे पूर्वाधार उपयोगसम्बन्धी प्रतिवेदन

राखेप कार्यकारी समितिकी सदस्य रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाइन् ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

The member secretary understood the report on infrastructure utilization

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहतका खेल पूर्वाधार उपयोग तथा सञ्चालनसम्बन्धी कार्यविधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

राखेप कार्यकारी समितिकी सदस्य रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाइन् । 

सदस्य–सचिव घिसिङले कार्यदलले दिएको सुझाव अत्यन्त उपयोगी रहेका भन्दै परिषद् बोर्ड बैठकले पास गरेपछि कार्यान्वयनमा आउने बताए ।

खेलकुद पूर्वाधारहरूको संरक्षण र  प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडीमैत्री, सर्वसुलभ र व्यवस्थित ढंगले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझावसहित प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

कान्तिपुर

Link copied successfully