प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टिमले २० हजार रुपैयाँ प्राप्त गर्नेछ भने सेमीफाइनलमा पुग्ने दुई टिमलाई जनही ५/५ हजार नगद पुरस्कार दिइनेछ ।
संखुवासभा — संखुवासभा व्याडमिन्टन संघको आयोजनामा छैटौँ नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्लास्तरीय खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता भदौ २७ देखि हुने भएको छ।
प्रतियोगिता भदौ २७ गतेदेखि हुने प्रतियोगिता अझ भव्य र प्रतिस्पर्धात्मक हुने दाबी गरेको छ। प्रतियोगितामा जिल्लाका साथै प्रदेशका विभिन्न टिमहरुको समेत सहभागिता रहने भएकाले स्तर थप उच्च हुने अपेक्षा गरिएको छ ।
खेल संयोजक जानकी बल्लभ पोख्रेलका अनुसार प्रतियोगिता नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको सहयोगमा सञ्चालन हुने भएको हो ।बुधबार आयोजकले पत्रकार सम्मेलन आयाेजना गरेर पुरस्कारको व्यवस्था पनि आकर्षक गरिएको जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टिमले २० हजार रुपैयाँ प्राप्त गर्नेछ भने सेमीफाइनलमा पुग्ने दुई टिमलाई जनही ५/५ हजार नगद पुरस्कार दिइनेछ ।
जिल्ला स्तरको नाम दिए पनि यसमा प्रदेशस्तरका खेलाडीको सहभागिता रहने भएकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने विश्वास लिइएको छ।
खेलप्रेमी दर्शकलाई मनोरञ्जन दिलाउने उद्देश्यसहित सञ्चालन हुन लागेको यस प्रतियोगिताले जिल्लामा व्याडमिन्टन खेलकोस्तर अभिवृद्धि गर्ने अपेक्षा समेत गरिएको जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सञ्जीवकुमार श्रेष्ठले बताए ।