आर्थर ऐस स्टेडियम कोर्टमा भएको खेलमा अल्कारेजले चेक खेलाडी जिरी लोचकालाई सजिलै ६–४, ६–२ र ६–४ ले पराजित गरे ।
काठमाडौँ — कार्लोस अल्कारेज बुधबार यूएस ओपनको सेमिफाइनल पुगेका छन् । त्यहाँ उनको भेट सम्भवतः नोभाक जोकोभिचसँग हुन सक्नेछ । आर्थर ऐस स्टेडियम कोर्टमा भएको खेलमा अल्कारेजले चेक खेलाडी जिरी लोचकालाई सजिलै ६–४, ६–२ र ६–४ ले पराजित गरे ।
दोस्रो वरीयतामा रहेका स्पेनी खेलाडी अल्कारेजले न्युयोर्कमा उपाधि जित्ने हो भने नम्बर १ खेलाडी हुनेछन् । सेमिफाइनलसम्मको यात्रामा उनले अहिलेसम्म एक सेट पनि ड्रप गरेका छैनन् । महिलातर्फ विश्व नम्बर १ खेलाडी आरयन सबलेन्का पनि सेमिफाइनल पुगेकी छिन् ।
डिफेन्डिङ च्याम्पियन पनि रहेकी सबलेन्काले यसका लागि कोर्टमा पनि उत्रिनु परेन् । उनलाई चोटका कारण मारकेटा भोन्ड्रोसोभाले वाकओभर दिएकी हुन् । अब सबलेन्कासामु सन् २०१४ यता यूएस ओपनको उपाधि रक्षा गर्ने खेलाडी हुने अवसर हुनेछ ।
