इडब्लूभीको दोस्रो संस्करणको पहिलो खेल भदौ २० गते हुनेछ । खेल शुक्रबार दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबारै साबिक उपविजेता ललितपुर क्विन्सले मधेश युनाइटेडविरुद्ध खेल्ने आयोजक इन्फिनिटी ड्रिम्सले मंगलबार जनाएको छ ।
काठमाडौँ — वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उद्घाटन खेलमा साबिक विजेता कर्णाली यश्विस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने भएको छ ।
इडब्लूभीको दोस्रो संस्करणको पहिलो खेल भदौ २० गते हुनेछ । खेल शुक्रबार दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबारै साबिक उपविजेता ललितपुर क्विन्सले मधेश युनाइटेडविरुद्ध खेल्ने आयोजक इन्फिनिटी ड्रिम्सले मंगलबार जनाएको छ ।
फ्रेन्चाइज भलिबल लिगको दोस्रो संस्करण भदौ २८ सम्म पोखराको बहुउद्देशीय कभर्डहलमा चल्नेछ । पहिलो दिनको चार प्रतिस्पर्धीबाहेक लिगका अन्य दुई टोलीमा काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभाज रहेका छन् ।
सहभागी टोलीले सिंगल राउन्ड रोविनका आधारमा अक आपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीबीच भदौ २८ गते फाइनल हुनेछ । यसपालि विश्वका विभिन्न देशका १८ खेलाडी नेपाल आएका छन् ।