नेपाली सेनाको खेल मैदान र च्यासल रंगशालामा आयोजना हुने खेलमा टिकटहरू एन्फाले आफ्नै स्वामित्वमा राख्दै बिक्री गर्नेछ।
What you should know
काठमाडौँ — दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि बंगलादेशको पुरुष राष्ट्रिय टोली बुधबार नेपाल आउने भएको छ । फिफा विन्डोमा नेपाल र बंगलादेशबीच भदौ २१ र २४ गते दुई मैत्रीपूर्ण खेल हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई खेल आयोजनाका लागि अनुमानित १ करोड २७ लाख ५ हजार १ सय ६१ रुपैयाँ बजेट तयार पारेको छ । एन्फाले बंगलादेशलाई अभ्यासका लागि नेपाली सेनाको खेल मैदान र च्यासल रंगशालामा व्यवस्था मिलाएको प्रवक्ता सुरेश शाहले बताए ।
एन्फाले टिकट मूल्य भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय रुपैयाँ तोकेको छ । दुवै खेलको टेकटिङको जिम्मेवारी एन्फाले आफ्नै स्वामित्वमा राखेको शाहले बताए । भीआईपीतर्फ १२ सयसम्म र साधारणतर्फ ७ हजार मात्र टिकट बेच्ने जनाइएको छ ।
नेपाली खेलाडीलाई एक्सपोजर दिन बंगलादेशसँगको खेलको आयोजना गरिएको एन्फाले जनाएको छ । एक्सन स्पोर्ट्सले खेलको प्रत्यक्ष प्रशारण गर्नेछ भने लाइभ स्ट्रिमिङको जिम्मेवारी एड रिलिजले पाएको छ ।
