ओसाका यूएस ओपनको क्वाटरफाइनलमा

तेस्रो वरीयताकी अमेरिकी खेलाडी कोका गउफलाई सजिलै पराजित गर्दै उनी यूएस ओपनको क्वाटरफाइलन पुगेकी हुन् ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

In the quarterfinals of the Osaka US Open

काठमाडौँ — जापानी खेलाडी नाओमी ओसाका तेस्रो वरीयताकी अमेरिकी खेलाडी कोका गउफलाई सजिलै पराजित गर्दै मंगलबार यूएस ओपनको क्वाटरफाइलन पुगेकी छिन् । चारपल्टको ग्रान्ड स्लाम विजेता ओसाकाले ६–३ र ६–२ को जित निकालिन् ।

यो जितपछि ओसाका सन् २०२१ यता पहिलोपटक कुनै ग्रान्ड स्लाम प्रतियोगिताको क्वाटरफाइनल पुगेकी हुन् । सन् २०२३ मा छोरीलाई जन्म दिएपछि उनी गत वर्ष मात्रै फेरि सक्रिय टेनिसमा फर्केकी हुन् ।

प्रतियोगिताको क्वाटरफाइनल पुग्ने अर्को खेलाडीमा उपाधिका प्रत्यासी इगा स्वाटिक पनि रहिन् । उनले इकेटेरिना एलेक्जान्ड्रोभालाई ६–३ र ६–१ ले पराजित गरिन् ।

पुरुषतर्फ आठौं वरीयताका एलेक्स डे मिनुरले क्वाटरफाइनल प्रवेशका लागि स्विस क्वालिफायर लियान्ड्रो रेडीको चुनौती ६–३, ६–२ र ६–१ ले समाप्त पारे । 

कान्तिपुर

Link copied successfully