ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स च्याम्पियन

५ टिम सहभागी ब्वाइज फुटबलमा पहिलो भएको एलएले सर्वाधिक १२ अंक जोडेको थियो । राउन्ड रोविन लिगमा एलएले बृहस्पति विद्या सदनलाई ६–०, द एक्सेल्सियरलाई २–०, आयोजक ज्ञानोदयलाई ३–१ र मल्पीलाई ६–१ गोलले हराएको थियो ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Gyan Niketan, Champion of Ribs and Little Angels

काठमाडौँ — ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलमा च्याम्पियन भएका छन् ।

बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गर्ल्समा रिब्स च्याम्पियन भए । एलएले फुटबलको उपाधि जित्यो । आयोजक ज्ञानोदय बालवाटिकाको हलमा बास्केटबल फाइनलमा ज्ञान निकेतनले टीआईएलाई ७७–७२ स्कोरले पराजित गर्‍यो । ज्ञानका दिप्सन अधिकारीले ३२ स्कोर गरे ।

गर्ल्सतर्फ फाइनलमा सुप्रिया मल्लको २१ स्कोरमा रिब्सले मल्पी इन्टरनेसनललाई ४१–१६ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिप्सन र सुप्रिया मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

Gyan Niketan, Champion of Ribs and Little Angels

५ टिम सहभागी ब्वाइज फुटबलमा पहिलो भएको एलएले सर्वाधिक १२ अंक जोडेको थियो । राउन्ड रोविन लिगमा एलएले बृहस्पति विद्या सदनलाई ६–०, द एक्सेल्सियरलाई २–०, आयोजक ज्ञानोदयलाई ३–१ र मल्पीलाई ६–१ गोलले हराएको थियो । बृहस्पति ७ अंकसाथ दोस्रो भयो । एक्सेल्सियर र मल्पीलाई हराएको बृहस्पतिले ज्ञानोदयसँग बराबरी खेल्यो भने एलएसँग हार सामना गरेको थियो ।

विजेतालाई आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु एलगायतले पुरस्कृत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully