प्रिमियर र क्वासनलाई बास्केटबल उपाधि

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७–१३ स्कोरले पराजित गर्‍यो । प्रिमियरका अश्विन चालिसे (कप्तान), प्रथम श्रेष्ठ, प्रणयमान श्रेष्ठ र दावा लामाले प्रतिस्पर्धा गरेका थिए । विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार पाए ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Basketball title to Premier and Quasan

काठमाडौँ — प्रिमियर र टिम क्वासनले मंगलबार एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७–१३ स्कोरले पराजित गर्‍यो । प्रिमियरका अश्विन चालिसे (कप्तान), प्रथम श्रेष्ठ, प्रणयमान श्रेष्ठ र दावा लामाले प्रतिस्पर्धा गरेका थिए । विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार पाए ।

एस इन्टरनेसनल बिजनेस स्कुल (एस आईबीएस) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत गर्ल्स फाइनलमा क्वासनले बलर्स एकेडेमीलाई ११–१० स्कोरले हरायो । क्वासनबाट सोनाम डोल्मा लामा (कप्तान), उर्जा राना मगर, गुरुत्सो लामा र छिरिङ शेर्पाले खेलेका थिए । विजेताले १५ हजार र उपविजेतालाई ८ हजार पुरस्कार पाए ।

नेपाल बास्केटबल संघको सहकार्यमा भएको प्रतियोगिताको ब्वाइजमा प्रिमियरका अश्विन र गर्ल्समा क्वासनकी उर्जा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

विजेतालाई बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र आयोजक एस इन्टरनेसनल बिजनेस स्कुलका कार्यकारी निर्देशक आशिष तिवारीले पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ र गर्ल्समा १२ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर

Link copied successfully