अतिरिक्त समयमा कपिलवस्तुका कमल भट्टराई उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको म्यान अफ द म्याच बने ।
तिलोत्तमा — रुपन्देहीमा जारी २३ औं लिस्नु कप अन्तर्गत मंगलबारको खेलमा कपिलवस्तु ११ विजयी भएको छ । उसले झरना स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४-२ गोल ले हराएको हो । योसँगै कपिलवस्तु ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टिमले १-१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । उक्त अवधिमा झरनाका सुरज आलेले खेलको ४० औं मिनेटमा पहिलो गोल गरेका थिए । ४२ औं मिनेटमा कपिलवस्तुका विज्ञान गुरुङले बराबरी गोल फर्काए । समय सकिँदासम्म अन्य गोल हुन सकेन । अतिरिक्त समयमा कपिलवस्तुका कमल भट्टराई उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको म्यान अफ द म्याच बने ।
खेल अन्तर्गत बिहीबार हुने पहिलो क्वाटर फाइनलमा गोर्खा ब्वाइज बुटवल र वालिङ एफसीबीच प्रतिस्पर्धा हुने खेल संयाेजक सुदिन भण्डारीले जानकारी दिए ।
भदौ २७ गतेसम्म चल्ने खेलमा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
खेलमा विभिन्न विधामासमेत पुरस्कारको व्यवस्था गरिएको छ ।
