प्रथम भेलोसिटी अन्तर विद्यालय फुटसल प्रतियोगिता भदौ २१ र २२ गते हुने भएको छ ।
काठमाडौँ — उपत्यकाका १६ विद्यालय प्रतिस्पर्धी हुने प्रतियोगिताका सम्पूर्ण खेल हरहर महादेव इभेन्ट एन्ड स्पोर्ट्स सेन्टरमा हुनेछ ।
द भेलोसिटी स्कुल, नवज्ञान पाठशाला, फेरिल्यान्डस्कुल, प्रारम्भ एकेडेमी, मेरिडियन स्कुल, खृष्टियन कम्युनिटी स्कुल, ग्रीनविच एकेडेमी, श्रीयन्त्र एजुकेसनल फाउन्डेसन, पुष्पलाल मेमोरियल, ब्रह्मकुञ्ज शिक्षासदन, बालबाटिका स्कुल, मिनील्यान्ड स्कुल, स्वस्तिश्री गुरुकुल, विद्यावाणी पाठशाला, हाइल्यान्ड र अक्षरा स्कुलले प्रतिस्पर्धा गर्ने संयोजक सुप्रभ घिमिरेले बताए ।
लावण्य इन्टरनेसनल, वेद इन्ग्रेल्स, मेरो कोडिङ, कारखाना साइन्स, ओएसिस पब्लिकेसन, कुमार बेकरी, दैनिक सुपर मार्ट, मर्सिल्यान्ड प्रेस, बुलेट टेलर्स र गौतम स्टेशनरी प्रतियोगिताको प्रायोजकमा रहेका छन् ।
