रियाललाई हराएर आरएस दोस्रोमा

एन्फा वुमेन्स लिग छनोट २०८२ मा सोमबार रियाललाई ४–० ले हराएसँगै आरएस रिसोर्टले महिला लिग खेल्ने सपनालाई जीवन्त राखेको छ ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

RS beat Rial to second

काठमाडौँ — आरएस रिसोर्टले एन्फा वुमेन्स लिग छनोट २०८२ मा सोमबार रियाललाई ४–० ले हराएको छ र यससँगै आफ्नो मूल महिला लिग खेल्ने सपनालाई जीवन्त राखेको छ । आरएसको यो जितपछि पाँच खेलबाट १२ अंक भएको छ र समूह 'एस' को दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

चर्च ब्वाइज यो समूहमा १२ अंकमै शीर्ष स्थानमा छ । उसले एक खेल कम खेलेको छ । च्यासलमा भएको खेलमा आरएसका लागि विपना परियारले १०, ईशा चौधरीले ७४, उषा शाहीले ८६ र तुलसी शाहीले ८७ औं मिनेटमा गोल गरे । रियालको भने यो लगातार पाँचौं हार हो र शून्य अंकमा समूहको पुछारमा छ ।

समूह 'बी'तर्फ सोमबार भएको खेलमा नेपाल खेलकुदले लम्कीसँग गोलरहित बराबरी खेलेको छ । छनोट महत्त्वकांक्षा बोकेको नेपाल खेलकुदका लागि यो नतिजा स्तब्धपूर्ण रहेको छ । यससँगै उसको पाँच खेलबाट सात अंक मात्र भएको छ । लम्की भने आफ्ना खातामा दुई अंक जोड्न सफल रह्यो ।   

कान्तिपुर

Link copied successfully